३ पुस २०८२, बिहिबार | December 19, 2025

निको नहुँदै अस्पतालबाट ६ जना डिस्चार्ज, घर जाने सवारी नपाएपछि पछि फेरि अस्पतालमै



धनगढी । सेती प्रादेशिक अस्पतालले शुक्रबार ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ ।

उनीहरु निको भएर डिस्चार्ज भएका भने होइनन् । स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ निर्देशिका अनुसार निको नभए पनि डिस्चार्ज गरिएको अस्पताका मेडिकल सुपरीटेन्डेन्ट हेमराज पाण्डेयले बताउनुभयो ।

अस्पताल प्रशासनले शुक्रबार बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २७, २०, २२ वर्षका तथा अछाम मेल्लेख गाउँपालिकाका ३२ बर्षका पुरुष र उनकै ११ वर्षीया छोरीलाई डिस्चार्ज गरेको हो । डिस्चार्ज गरिए पनि उनीहरुलाई घर पठाउने व्यवस्था नभएकाले अस्पतालकै वार्डमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयको कोभिड– १९ उपचार सम्बन्धि नयाँ निर्देशिकाकामा कुनै लक्षण नदेखिएका र १४ दिन आइसोलेसनमा बसिसकेकालाई डिस्चार्ज गर्न सकिने भनिएको छ । उनीहरुमा लक्ष्यण नभएकाले निर्देशिकाअनुसार डिस्चार्ज गरिएको डा. पाण्डेयले बताउनुभयो ।

यसअघि संक्रमितको लगातार दुईपटक नेगेटिभ रिर्पोट आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिन्थ्यो । डा. पाण्डेयले अस्पतालबाट डिस्चार्ज भएकालाई होम आइसोलेसनमा कति दिन कसरी बस्ने र के खाने लगायतका १४ बुँदे नियमको पालना गर्ने भनिएको बताउनुभयो ।

डा. पाण्डेयले अस्पतालबाट डिस्चार्ज गरिए पनि गाउँपालिका सम्म जाने कुनै ब्यवस्था नभएर उनीहरु अलपत्र परेकाले शुक्रबार एक रातका लागि अस्पतालकै एक छुट्टै वार्ड ब्यवस्था गरिएको बताउनुभयो । ‘सम्बन्धित गाउँपालिकालाई डिस्चार्ज गरिएकालाई लैजान भनिएको छ,’ उहाले भन्नुभयो, आज शनिबारसम्म सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स वा अन्य कुनै सवारी साधनबाट लैजाने ब्यवस्था हुन्छ होला ।’

उनीहरु सबै भारतबाट गौरीफन्टा नाका हुँदै जेठ ८ गते नेपाल आएका थिए । सीमानाका गरिएको आरडिटी जाँचमा एन्टिबडी पोजिटेभ देखिएपछि उनिहरुलाई सेती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै गरिएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण देखिएको थियो ।

रोकियो स्वाब संकलन
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब संकलनको काम ५ दिनका लागि रोकिएको छ ।

भण्डारण क्षमताभन्दा बढी स्वाब संकलन हुने अवस्था भएपछि काम रोक्नुपरेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनुभयो । ‘ल्याबको डिप फ्रिजमा ११ सय वटाभन्दा बढी स्वाब राख्न सकिँदैन,’ उहाले भन्नुभयो ।

विभिन्न ठाउँबाट संकलन भएर प्रदेशको एकमात्र प्रयोगशालामा ल्याइएका नमुनाको परीक्षणमै कम्तीमा ५ दिन लाग्ने देखिएकाले हाललाई स्वाब संकलन स्थगन गर्नुपरेको उहाले बताउनुभयो ।

सेती प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै स्वाब परीक्षण भइरहेको छ । ‘मेसिन पनि एउटै भयो, टिम पनि एउटा मात्र छ,’ उनले भने, ‘परीक्षण बढाउन मेसिन र जनशक्ति थप्नु आवश्यक छ ।’ सुदूरपश्चिममा अहिले ६० हजार जनाभन्दा बढी क्वारेन्टाइनमा छन् ।

सबैको पीसीआर परीक्षण गर्न अहिलेको एउटा मेसिन र जनशक्तिले नभ्याउने उनको भनाइ छ । प्रदेश सरकारले अर्को मेसिन खरिदका लागि प्रक्रिया सुरु गरेको भए पनि कहिलेसम्म आइपुग्ने भन्ने टुंगो छैन ।

अर्को मेसिन, स्वाब स्टोरेज गर्ने डिप फ्रिज र जनशक्ति बढेपछिमात्रै परीक्षणलाई गति दिन सकिने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ७ : २२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको