२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त छौं : सरकारका प्रवक्ता कार्की

मध्यराती १२ बजे सम्म प्रमाणिकरण नभए के होला ?



काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानअनुसार राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेमा विश्वस्त रहेको बताए ।

‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर पठाएको नागरिकता विधेयक शीतल निवासमा रहेको छ । विधेयक प्रमाणीकरणका लागि पठाएको आज १५ औं दिन हो । संविधान अनुसार दोस्रोपटक विधेयक संसदबाट प्रमाणीकरणका लागि पठाएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।

आज मध्यराती १२ बजे सम्ममा प्रमाणिकरण नभएमा के हुन्छ भन्ने विषयमा भने प्रवक्ता कार्कीले केही बताएनन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ११ बजे

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको