२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि



कास्की । पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि-२ ¥याङकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिए । उनका अनुसार एउटै खेलका लागि यति ठूलो सङ्ख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो हो । प्रतियोगितामा सिनियर र जुनियरतर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला र पुरुष गरी विभिन्न आठ तौल समूहमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणाले जानकारी दिए ।

प्रतियोगिताका लागि तेक्वान्दो महासङ्घको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडरेशनका अध्यक्ष लिक्यू सिोओकलगायत पोखरामा आउने बताइएको छ । विश्वभरिका खेलाडी, निर्णायक तथा प्रशिक्षक, तेक्वान्दो महासङ्घका विशिष्ट पदाधिकारीसहित दुई हजारभन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको छ ।

विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न पाँच हजारभन्दा बढी तेक्वान्दो प्रेमी पोखरा आउने अपेक्षा गरिएको सङ्घले जनाएको छ । यसअघि हालसम्म दुई पटक सफलतापूर्वक काठमाडौंमा सम्पन्न भएको प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ८ : ३७ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले