१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा



चितवन । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो । “अहिले धमाधम काम भइरहेको छ”, आयोजनाका सूचना अधिकारी इञ्जीनियर शिव खनालले भन्नुभयो, “असार मसान्तसम्म काम सम्पन्न हुन्छ ।” उहाँले कामदारको समस्या भए पनि स्थानीयस्तरबाट व्यवस्थापन गरेर कामलाई निरन्तरता दिएको बताउनुभयो ।

उहाँका अनुसार सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताउनुभयो । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जीनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीले ३० हजार वर्गमिटर क्षेत्रमा पहिरो रोकथामको काम गर्नेछ ।

रु १४ करोड नौ लाख लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभीले पाएका हुन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १० : ०७ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन