९ भदौ २०८३, मंगलबार | August 26, 2026

पहिरो जादा नारायणगढ-मुग्लिन सडक अबरुद्ध



चितवन । मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलो डाँडामा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

आज बिहान सवा ४ बजे गएको पहिरोका कारण बिहानै देखि राजमार्गको दुइतर्फी आवागनम अवरुद्ध भएको हो ।

अहिले अवरुद्ध राजमार्ग खुलाउनका लागि इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाका अनुसार पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरूद्ध भएको हो ।

डोजर ल्याइ पहिरो पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

पहिरो झर्ने क्रम अझै नरोकिएकोले पहिरो पन्छाएर राजमार्गको यातायात सुचारु गर्न निकै समय लाग्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : ०० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त