२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनमा



नुवाकोट । पहिरोका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सो मार्ग अवरुद्ध भएको थियो । सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ – रसुवा सिधा बससेवा सञ्चालन गराउन सहज भएको छ ।

सुरूमा त्रिशूली– सोम्दाङ सडकको नामाकरणबाट निर्माण भएको सो मार्ग अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक विसं २०४० मा निर्माण गरिएको थियो ।
तर उक्त स्थानमा नालीको भलपानीलाई सही खालको निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले विकराल रूप सडक क्षति भएको थियो । यसबाट धानखेतसमेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् ।
सडक क्षति पश्चात् तत्कालीन समयमा सम्पन्न गोसाइँकुण्डको विशेष धार्मिक मेलाका यात्रु समेत प्रभावित बन्न पुगेको थिए । बनुवा घुम्तीको पहिरोस्थलमा ग्याबिन पर्खाल लगाई सतहको पुरै भागमा अनेत्रबाट ल्याइएको ढुङ्गा माटोले पुरेर सडक प्रारूप तयार गराई सञ्चालनमा ल्याइएको हो । सो कार्यालय प्रमुख डिभिजनल इञ्जिनीयर अमृतमणि रिमालले आजदेखि बनुवा धुम्ती क्षेत्रको पासाङल्हामु सडक पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए ।

उहाँका अनुसार त्रिशूली, बेत्रावति, धुञ्चे, स्याफ्रु रसुवागढी क्षेत्रमा आजैदेखि सिधा यातायात सञ्जाल जोडिएको छ । क्षतिग्रस्त सडक ४४ दिनको अह्रोरात्र प्रयासले ग्याबिन पर्खाल लगाइएको जनाइएको छ । निर्माणमा संलग्न ठेकेदार कम्पनी सुन्धरादेवी निर्माण सेवाका प्रबन्ध निर्देशक रवीन्द्र बुढाथोकीले हिलो सडक व्यवस्थापन गर्न केही समय लाग्ने जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ४१ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर