२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

चारवटा राजनीतिक दलद्वारा निर्वाचन बहिष्कार गर्ने घोषणा



काठमाडौं । विभिन्न चारवटा राजनीतिक दलले आसन्न्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । काठमाडौं बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्।

निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी ९बहुमत०, नेकपा ९मसाल० र माओवादी कम्युनिस्ट पार्टी नेपालले रहेका छन् ।

निर्वाचन बहिष्कार घोषणा गर्ने क्रममा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली शोषित–उत्पीडित श्रमजीवी जनताको दुःखको कारण दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको र यो व्यवस्थाको चुनावमा भाग लिनु भनेको ती जनताको दुःख र शोषण–उत्पीडनलाई अझ बढी हुर्काउनु हो ।’

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ०९ बजे

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा