१० असार २०८३, बुधबार | June 24, 2026

जर्मनीका राजदूतलाई उपराष्ट्रपति पुनले भने– नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुन्छ



काठमाडौं । राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र जर्मनीबीचको ६ दशकभन्दा लामो औपचारिक सम्बन्ध प्रगाढ र सहयोगात्मक रहेको बताए । उनले जर्मनी नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताउदै नेपाललाई गर्दै आएको सहयोगका लागि जर्मन सरकारलाई धन्यवाद दिए ।

भेटमा उपराष्ट्रपतिले नेपालले संक्रमणकालीन न्यायका कामलाई चाँडो सम्पन्न गर्ने कोशिस गरिरहेको समेत बताए । उनले विभिन्न मुलुकको अनुभव लिँदै नेपालको मौलिकतामा संक्रमणकालीन न्यायको काम सम्पन्न हुने जनाए ।

उपराष्ट्रपतिले नेपालको प्राथमिकता लोकतन्त्रलाई अझै सुदृढ् गर्ने र देशलाई समृद्ध बनाउने रहेको बताए । उनले लोकतन्त्रको सुदृढ्को महत्वपूर्ण पक्षको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको जानकारी दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जर्मन सरकारबाट सहयोग रहने अपेक्षा पनि उनले व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले नेपाल जर्मनको नजिकको मित्र भएको जनाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जर्मनीलाई गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

भेटमा राजदूत प्रिन्जले नेपालको मौलिकतामा संक्रमणकालीन न्यायका काम छिटो सम्पन्न गर्न आग्रह समेत गरेका थिए । उनले आगामी निर्वाचनपछि नेपालको संक्रमणकालीन न्यायको काम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ४५ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा