३ पुस २०८२, बिहिबार | December 18, 2025

मकवानपुर दुर्घटनामा मृत्यु हुने मध्य ६ जनाको सनाखत, दार्चुलामा जीप खस्दा १ जनाको ज्यान गयो



बुटवल । मकवानपुरमा हिजो(बिहिबार) भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेमा नुवाकोटका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये ४ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका मकवानपुर प्रहरीले जनाएको छ ।

उता दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका-६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मकवानपुर दुर्घटना घाइते भएकाहरुको नामावली
१, भारत सितामणी बस्ने वर्ष ३८ वर्षीय पप्पु चौधरी
२,भारत दिल्ली बस्ने वर्ष–२७ को सारु खान
३, भारत मोतिहारी बस्ने वर्ष–१५ का सोयल अलि
४, जितपुर सिमरा उमनपा–१२ बस्ने वर्ष २७ को तैया अन्सारी
५, वीरगञ्ज–२४ बस्ने वर्ष ३० को सायल मिया अन्सरी
६, वीरगञ्ज–२४ बस्ने वर्ष–२७ को सईफुला खातुन
७, रौतहट लक्ष्मीनगर–२ बस्ने वर्ष–३० को महमद समिम
८, कलैया–१२ बन्दिपुर बस्ने वर्ष २६ को छोटेलाल पासवान
९, जगनाथपुर बस्ने वर्ष–३५ की आरिसा खातुन
१०, सिमरा उमनपा–३ बस्ने वर्ष २७ की पार्वती चौधरी
११, सिमरा उमनपा–३ बस्ने वर्ष–२ की सुदीक्षा चौधरी
१२, बीरगञ्ज–२४ रामगढ बस्ने वर्ष २३ को निरुला अन्सारी
१३, करैयामाई–५ बस्ने वर्ष २३ को धर्मेन्द्रप्रसाद सापकोटा
१४, भारत मोतिहारी बस्ने वर्ष ३२ को राजकुमार सहनी
१५, दिल्ली बस्ने वर्ष–३८ को गोपाल कुमार
१६, रौतहट लक्ष्मिनिया–२ बस्ने वर्ष–३० को महमद समिम
१७, वीरगञ्ज–२४ बस्ने वर्ष–२३ को निरज ठाकुर
१८, वीरगञ्ज–२४ बस्ने वर्ष–२४ को आलम देवन
१९, वीरगञ्ज–२४ बस्ने वर्ष–२५ को मौसम अन्सारी
२०, वीरगञ्ज–२४ बस्ने वर्ष–१७ को आदित्य चौधरी
२१, सह चालक धुलीखेल–११ बस्ने वर्ष ३८ को हरि भुजेल
२३, मोतिहारी बस्ने वर्ष–२१ को धीरज ठाकुर
२४, बकैया–४ छतिवन बस्ने वर्ष–१९ कि संगिता तामाङ
२५, बकैया–४ छतिवन बस्ने वर्ष–२ की विपना तामाङ

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : १७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका