१० असार २०८३, बुधबार | June 24, 2026

बाँकेमा चुनावी तयारी : एकीकृत समाजवादीको भागमा प्रदेशको एक सिटमात्र



नेपालगन्ज । आगामी मंसिर (४ मा हुन गइरहेको आम निर्वाचनमा सत्तारुढ गठवन्धन बाँके जिल्लामा सिट बाँडफाँटको मोटामोटी टुङ्गो लागाएका छन् । संघीय निर्वाचनको टुंगो लागेपनि प्रदेशको सिट बाँडफाँटमा भने अझै केही कुरा नमिलेको गठबन्धन स्रोतले दाबी गरेको छ ।

संघका क्षेत्र न. १ माओवादी, २ जसपा, ३ नेपाली काङ्ग्रेसको भागमा पर्ने निश्चित जस्ते भएको छ । स्थानीय निर्वाचनमा सर्वाधि मत ल्याएको कांग्रेसलाई १ नम्बरबाट आउट गरेर माओवादीलाई दिइने भएको छ भने सुशिल कोईरालाको गृह क्षेत्र २ नम्बर पनि कांग्रेसले गुमाउनुपर्ने देखिएको छ । २ नम्बरमा जनता समाजवादी पार्टी जसपाले पाउने पक्कापक्की भएको स्रोतले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ कांग्रेसले पाउने भनिएपनि ३ बाट उठ्ने कांग्रेसको स्थानीय उम्मेदवार नहुँदा गठबन्धनमा सकस देखिएको छ । बाँके १ मा माओवादीबाट महेश्वर गहतराज, २ मा जसपाबाट मोहम्मद इस्तियाक राई उठने निश्चित देखिएपनि ३ बाट उम्मेदवारको छनौट हुन सकेको छैन । बर्दियाबाट आयात गरेर किशोरसिंह राठौरलाई उठाउने तयारी गरिएपनि कांग्रेस भित्रैबाट ‘टुरिष्ट’ उम्मेदवार स्विकार नहुने आवाज आइरहेको छ ।

राजनीतिकरुपले सधैं चर्चामा रहने ३ को चुनावी तयारीले यस वर्षपनि सबैको ध्यान तानेको छ । संगठन र उम्मेदवारका हिसावले बलियो देखिएको एकीकृत समाजवादीले संघ नपाएपछि गठबन्धन कमजोर हुन सक्ने समेत आंकलन गरिएको छ । एकीकृत समाजवादीका दलबहादुर सुनारले टिकट पाएको भए जित्न सजिलो हने गठबन्धन भित्रकै कार्यकर्ताहरुले बताउने गरेका छन् । संघ गुमाएपनि प्रदेश ‘क’ पाएको एकीकृत समाजवादीले सो पार्टीका युवा संघका केन्द्रीय महासचिव दिपक जीएमलाई अगाडि सारेको छ ।

बाँकेमा संघीय चुनावका लागि एमालेबाट १ नम्बरमा सुर्य ढकाल २ मा एमाले-राप्रपा गठबन्धनबाट धवल सम्सेर राणा र ३ नम्बरबाट किस्मत कक्षपतिको सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ०३ बजे

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका