१० असार २०८३, बुधबार | June 24, 2026

बाबुराम र प्रचण्ड एक हुँदा लाखौं जनतामा उत्साह थपिन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग नयाँ ढंगको सहकार्य अघि बढ्न लागेको बताएकाक छन् ।

राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुहरुबीचको सहकार्य चुनावसम्मका लागि मात्रै अल्पकालीन नभएको जिकिर गरेका हुन् । प्रचण्डले बाबुराम र आफु मिलेर नयाँ ढंगको जनयुद्ध गर्न खोजेको पनि बताएका छन् ।

‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं। सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ प्रचण्डले भने, ‘यो देशलाई फेरि एकचोटी समृद्धि, विकासको मोडल हामीले नै दिनुपर्ने हुन्छ। किनभने परिवर्तनको वाहक भएको नाताले हामी टिमबद्ध हुँदा त्यसको महत्व निकै ठूलो हुन्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं।’

प्रचण्डले बाबुराम र प्रचण्ड एक हुँदा जनतामा उत्साह थपिने दाबी समेत गरे । बाबरामको वैकल्पिक राजनीतिक धार र आफुले सबै वामपन्थी शक्तिलाई एक बनाउने धार असफल भएको स्वीकार गर्दै उनले अब दीर्घकालीन सहकार्यमार्फत पुनः दुई जना अघि बढ्न लागेको बताए । उनले भने, ‘यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  २ : ४४ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै