१२ बैशाख २०८३, शनिबार | April 26, 2026

राष्ट्रिय वाणिज्य बैंकको क्यासब्याक अफर, पिओएस र क्युआर प्रयोग गर्दा एक हजार रुपैयाँसम्म पाउने



काठमाडौं।राष्ट्रिय वाणिज्य बैंकलेक्यासब्याक अफर ल्याएको छ । बैंकले दसैं तिहार नेपाल सम्बत र छठ पर्वका लागि विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न अफर ल्याएको छ।

बैंकले पिओएसको माध्यमबाट हुने कारोबारमा प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वाइप गर्दा क्यास ब्याकको अफर ल्याएको जनाएको छ।

बैंकको कार्डबाट वा वाणिज्य बैंकको पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक पाइने बैंकले जनाएको छ।

यस अन्तर्गत तीन देखि पाँच पटकको कार्ड स्वाइपमा ५ प्रतिशत वा अधिकतम क्यास ब्याक पाँच सय पाइने छ। यसैगरी ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत वा अधितकम ७५० रुपैयाँ र १५ पटकको कार्ड स्वाइपमा अधिकतम १५ प्रतिशत वा एक हजार मध्ये जुन कम हुन्छ सो बराबरको कारोबार रकम क्यास ब्याक हुने जारी बिज्ञप्तीमा उल्लेख छ। बैंकले यो योजना असोज १० गतेदेखि कार्तिक १३ गतेसम्म लागू हुने जनाएको छ।

यसैगरी असोज ७ देखि १४ गतेसम्म तथा कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा एकसय रुपैयाँमध्ये जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने बताइएको छ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ५ : ४४ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा