४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते



काठमाडौं । देशका विभिन्न स्थानमा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

ललितपुरको बालकुमारीमा हिजो मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा चालक सहित २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर खोकनाका २३ वर्षीय नबिन मर्हजन र पैदलयत्री रौतहट घर भएका ४५ बर्षीय बयाजु पटेल रहेका छन । घाइते दुबैको बि एण्ड बी।अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।

घाइते मध्ये चालक महर्जनको अवस्था गम्भिर रहेको छ । हिजो साँझ सवा ७ बजे बा १९ प १८२२ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरी प्रभाग बालकुमारीले जनाएको छ ।

बाराको फेटा गाउँपालिका १ भलुही चोकमा गएराती म्याजीक भ्यानले मोटरसाइकललाई ठक्कर दिदाँ डिउटी जाँदै गरेका २ प्रहरी कर्मचारी गम्भीर घाइते भएका छन्

घाइते हुनेमा मोटरसाइकल चालक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हबल्दार नन्दु साह कानु र मोटरसाइकलमा पछाडी सवार सोही कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी असलोक प्रसाद यादब छन् । दुवै जनाको एन। एम। सी। अस्पताल बिरगन्जमा उपचार भइरहेको छ ।

बीरगन्जबाट कलैयातर्फ जाँदै गरेको ना १ ज ७७६० नम्बरको म्याजिक भ्यानले बिपरित दिशाबाट आउँदै गरेको ना १९ प २३९० नम्बरको मोटरसाइकललाई गएराती पौने ११ बजे ठक्कर दिएको थियो ।

म्याजिक भ्यान चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय प्रसौनी बाराले जनाएको छ ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ मा हिजो बेलुका दुईओटा मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् ।

सखुवाबाट पर्सातर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ७४८७ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको भारतिय नम्बरको मोटरसाइकल हिजो बेलुका ७ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ७४८७ नम्बरको मोटरसाइकल चालक सर्लाहीको हरिपुर्वा नगरपालिका–४ का २५ वर्षीय रंजित राय यादबलाई उपचारका लागि बीरगन्ज लगिएको छ । भारतिय नम्बरको मोटरसाकइल सहित चालकलाई प्रहरी चौकी पर्साले नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दर हरैचा नगरपालिका–८ मा गएराती गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।

घाइते भएका मोरङकै सुन्दर हरैचा नगरपालिका–८ का २९ वर्षीय पंकज नायकको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ ।

प्रदेश ३–०२–००१ प ४१७३ नम्बरको मोटरसाइकलमा पछाडी सवार उनी गएराती सवा १० बजे मोटरसाइकलबाट खसेका हुन् ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय बिराटचोक मोरङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : १९ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी