२७ श्रावण २०८३, बुधबार | August 12, 2026

पर्यटकको आकर्षक केन्द्र बन्दै मनाङको फापर खेती



लमजुङ । समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ ।

तल्लो क्षेत्रको नासों-१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९, खाङसारसम्म फापरखेती फैलिएको देख्न सकिन्छ । स्थानीयले प्रायस् जेठ अन्तिम साता र असारमा बीउ छर्ने गर्छन् भने भदौ महिनाभर फूल रहन्छ । त्यसपछि दाना लागेर असोज अन्तिम साता र कात्तिकमा काटेर थन्क्याउने गरिन्छ ।

मनाङको मनाङ ङिस्याङ, चामे, नासों गाउँपालिका साथै नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्र नार र फू बस्तीबाहेक तल्लो क्षेत्रमा फापरखेती राम्रो हुने स्थानीय विनोद गुरुङले बताए । निस्याङ भ्यालीले चिनिएको माथिल्लो मनाङमा यसको खेती बढी हुने गरेको छ ।

अन्नपूर्ण पदमार्ग भएकाले यहाँका धेरैजनाले होटेल सञ्चालन गर्दै आएका छन् । पर्यटकले फापरको परिकार मात्रै नभएर फापरखेतीलाई पनि मन पराउने गरेका छन् । तराईमा तीतेफापर र हिमालमा मिथेफापरको खेती हुने गर्छ । मनाङको लोभलाग्दो फापरखेती हेर्न आन्तरिक र बाह्य पयर्टकहरू आउने गर्छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ३७ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको