३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

काठमाडौं उपत्यकाका १० ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण



काठमाडौं । दशैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो ।

यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : ०८ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष