१३ भदौ २०८३, शनिबार | August 29, 2026

महेन्द्र पुस्तकालयको सदस्य मनोनयनमा राजनीतिकरण गरिएको आरोप



नेपालगन्ज । लामो समयसम्म साधारण सभा नगरेर आलोचित बन्दै आएको नेपालगन्जको महेन्द्र पुस्तकालयको नयाँ नेतृत्व पनि निर्वाचित भएको १५ दिनमै विवादीत बन्न पुगेको छ । निर्वाचित भएको तेस्रो बैठकले गरेको मनोनयनमाथि नै प्रश्न उठेपछि पुस्तकालयको नेतृत्व विवादमा परेको हो ।

ऐतिहासिक महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिले मनोनित गरेको पाँचजना पदेन सदस्यहरु प्रति बरिष्ठ लेखक एवं विश्लेषक नरेन्द्रजङ पिटरले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै प्राज्ञ सनत रेग्मीले पुस्तकालयमा राजनीति गरेको आरोप लगाएका छन् । पिटरले नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सनत रेग्मीको पछिल्लो भूमिका नेपालगञ्जको प्राज्ञिक अभिभावक र स्वतन्त्र अगुवा बन्न नसकेर अत्यन्तै संकीर्ण कांग्रेसमात्रै बनेको आरोप लगाएका छन् । ‘बाघ बूढो भएर घाँस त खाँदैन तर झिँगा भने खान्छ भन्ने उक्ति पुस्तकालयको आफ्नै प्रयोगमा आफैँलाइ र काग्रेसीहरूलाइ मोनयन गराएर रेग्मीले देखिए ।’ उनले लेखेका छन्, – ‘त्यसमा अध्यक्ष बलराम यादव, उपाध्यक्ष पंकज श्रेष्ठ र सचिव मणि अर्यालको लाचारी देखियो ।’

पिटरले ७६ वर्षिय सनतको प्राज्ञिक ओजनले व्यक्तित्व धान्न नसकेको टिप्पणी गर्दै व्यक्तिबाट व्यक्तित्व पुग्नु समान्य भएपनि व्यक्तित्व धान्नु कठिन रहेको समेत जिकिर गरेका छन् ।

कार्यसमितिको तेस्रो बैठकले पाँचजना आमन्त्रित पदेन सदस्यहरु कार्यसमितिले चयन गर्ने विधानको व्यवस्थाअनुसार मनोनित गरेको थियो । मनोनयन गरिएका पदेन सदस्यहरुमा शिक्षित महिलातर्फ ललिता उपाध्याय, नजिकका विद्यालयका शिक्षकमा मंगलप्रसाद माविमा कार्यरत ऋचालक्ष्मी श्रेष्ठ, स्थानीय निकायको प्रतिनिधिमा पुस्तकालय अवस्थित नेपालगन्ज वडा नम्बर ८ का वडाध्यक्ष वा निजले तोकेका व्यक्ति, प्रतिष्ठित व्यक्तिमा वरिष्ठ साहित्यकार सनत रेग्मी र गैरसरकारी संस्थाका तर्फबाट सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारीप्रसाद भट्ट रहेका थिए ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १० : ३१ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी