१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘नालापानी’ लाई सोलो रिलिजको वातावरण बनाउन माग



काठमाडौं । दुई वर्षअघि घोषणा भएको फिल्म ‘नालापानी’ आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउँदैछ । रिमेश अधिकारीको लेखक तथा निर्देशन रहेको यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंको कथा उल्लेख छ ।

यही दिन दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शनमा आउँदैछ । फिल्म ‘नालापानी’ले बिहीबार आयोजना गरेको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्देशकसँगै फिल्मसँग सम्बन्धित संस्थाका प्रतिनिधिले फिल्मलाई सोलो रिलिज गर्न दिनुपर्ने माग राखे ।

निर्देशक अधिकारीले नौ वर्षको अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गरेको खुलाउँदै फिल्मले नेपाली वीरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन उनले फिल्म सम्बद्ध संघ-संस्था तथा राज्यसँग अपिल गरे । कार्तिक ४ लाई पहिलोपटक आफूले नै फिल्म रिलिज गर्ने मितीका रुपमा उल्लेख गरेको दाबी गर्दै ऐतिहासिक महत्वको फिल्मलाई सोलो रिलिज गर्ने अवसर नदिनु दुःखको कुरा भतएको बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्मलाई सोलो रिलिजको प्रबन्ध मिलाउन संघको तर्फबाट प्रयास भइरहेको बताए । ‘नालापानीको युद्धमाथि फिल्म बनाउनु चानचुने कुरा होइन । यस्तो फिल्मको प्रदर्शनका लागि सबैले सहयोग गर्नुपर्छ’, उनले भने ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले ‘नालापानी’ले चलचित्र विकास बोर्डबाट विशेष सम्मान पाएकाले सोलो रिलिजको अवसर प्रदान गर्नु सबैको दायित्व रहेको बताए । ‘यस्तो खालको फिल्म भविष्यमा बन्दै होला । इतिहासको विषयमा बनेको यो फिल्म बनाउने आँट गर्नु नै ठूलो कुरा हो । त्यसैले यो फिल्मलाई विशेष प्रदर्शनको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्छ,’ उनले भने ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी र विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ७ : ५४ बजे

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम