४ पुस २०८२, शुक्रबार | December 19, 2025

जनता समाजवादी पार्टी (जसपा)को बरियता लफडा टुंगियो, निर्वाचन आयोगमा दर्ता हुँदै



काठमाडौं । एक महिना अघि नै पार्टी एकताको घोषणामा सहमति गर्दै निर्वाचन आयोगलाई जनता समाजवादी पार्टी नेपाल पत्र बुझाएका राष्ट्रिय जनता पार्टी नेपाल राजपा र समाजवादी पार्टी नेपालबीच नेतृत्वको बरियतामा सहमति भएको छ ।

नयाँ पार्टीको मुख्य नेतृत्व महन्थ ठाकुरको हुनेछ । ठाकुरलाई केन्द्रीय परिषद् अध्यक्षसहित पहिलो बरियाता दिइएको छ भने त्यसपछि दोस्रो बरियतामा डा. बाबुराम भट्टराईलाई दिइएको छ । भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइने भएको छ ।

यस्तै, तेस्रो बरियतामा रहनुभएका उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष रहनुहुनेछ । निर्वाचन आयोगमा यही बरियता अनुसार केन्द्रीय कमिटीको नाम सहित दर्ता दर्ता हुनेछ । अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेताको रुपमा क्रमशः चौथो र पाँचौ बरियतामा रहने बताइएको छ ।

जसपाले आजै निर्वाचन आयोग कान्तिपथ पुगेर दल दर्ता गर्न लागेको छ । गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ३ : ०८ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता