२२ बैशाख २०८१, शनिबार | May 4, 2024

आमा र काकाको हत्या अभियोगमा एकजना पक्राउ



झापा । झापामा आफ्नै आमा र काकाको खुकुरी प्रहार गरेर हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ५० वर्षीया चन्द्रकला माझी र ५० वर्षीय सन्त बहादुर माझीको खुकुरी प्रहार गरि हत्या गरेको अभियोगमा झापा कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चन्द्रले खुकुरी प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या भएको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक अनुसन्धानको लागि चन्द्रका बुबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले फाउ परेकाहरुको म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : २१ बजे

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि