४ आश्विन २०८३, आइतबार | September 21, 2026

अर्घाखाँचीमा गठबन्धन र एमालेबाट पुरानै अनुहार



अर्घाखाँची । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा अर्घाखाँचीमा नेकपा एमाले र सत्तागठवन्धनबाट पुरानै अनुहार दोहोरिने निश्चित जस्तै देखिएको छ । प्रतिनिधि सभामा एमालेले केन्द्रीय सचिव टोप बहादुर रायमाझीको नाम सर्वसम्मत सिफारिस गर्दा नेपाली कांग्रेसले कांग्रेस नेतृ पुष्पा भुसालसहितको नाम पठाएको छ ।

सभापति देउवा निकट मानिएकी भुसाल पार्टीभित्रको गुट समिकरणका कारण उम्मेदवार बन्नबाट रोकिएको अवस्थामा बाहेक सामान्य अवस्थामा भुसाल बाहेक अरुले उम्मेदवारी पाउने संभावना नरहेको कांग्रेस स्रोतले जनाएको छ ।

गठवन्धनमा रहेका दलहरुबीच अर्घाखाँची नेपाली कांग्रेसले लिने सहमति भएका समाचार विवरण बाहिर आइसकेको अवस्थामा यो पटक अर्घाखाँचीमा पुरानै उम्मेदवार मैदानमा देखिने भएका छन् । यद्यपी स्वतन्त्र उम्मेदवार को आउने हो भन्ने चर्चाको विषय बनेको छ ।

दुवैलाई स्वतन्त्रको डर

कांग्रेस नेतृ पुष्पा भुसाल चुनावको बेला बाहेक विरलै अर्घाखाँचीमा देखिने नेतृ हुन् । अर्घाखाँची आउदै नआएको आरोप लाग्ने गरेकी भुसालले चुनावको मिति नजिकिएसँगै अर्घाखाँचीमा सक्रियता बढाएकी छन् । केही दिनअघि अर्घामा कम्वल बाँड्न पुगेकी भुसालको सामाजिक सन्जालमा आलोचना समेत भएको थियो ।

यता एमालेबाट सर्वसम्मत सिफारिस भएका रायमाझी माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । प्रायजसो अर्घाखाँचीमा देखिने रायमाझीलाई पदको लोभमा पार्टी परिवर्तन गर्ने गरेको आरोप छ ।

दुवैजना पुराना अनुहारको विचमा स्वतन्त्र उम्मेदवार को आउछ भन्ने विषयले समेत निर्वाचनको परिणाममा प्रभाव पार्ने अड्कालवाजीहरु भएका छन् । सामाजिक सन्जालहरुमा केही चर्चा परिचर्चा हुनेगरेको भएपनि अर्घाखाँचीमा हालसम्म कुनैपनि व्यक्तिले स्वतन्त्र उम्मेदवारी घोषणा भने गरिसकेका छैनन ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : ३४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन