२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बर्दिया हुँदै भारत प्रवेश गर्ने नेपालीले बीओपीमा बायोडाटा टिपाउनु पर्ने



बर्दिया । भारत आवत जावत गर्नका लागि अबदेखि सुरक्षा निकायलाई बायोडाटा टिपाएर मात्र आवतजावत गर्न पाइने भएको छ । बर्दियाको सीमानाकाबाट भारत जाँदा र आउँदा अवदेखि नेपाल–भारत सीमामा रहेको सशस्त्र प्रहरी बलको सुरक्षा पोष्टमा नाम, ठेगाना, मोबाइल फोन नम्बर, जाने कारण र फर्कने समय टिपाउनु पर्नेछ ।

बढैयाताल गाउँपालिकास्थित फुटाहा सुरक्षा पोष्टमा दैनिक हजार बढी मानिस सिमावर्ती बजार बलैगाउँमा प्रवेश गर्नुअगावै नाम दर्ता गरी आउजाउ गर्ने गरेका छन् । सीमापारि बजार पुग्दा घना जंगल भएका कारण कुनै अप्रिय घटना नहोस् भन्दै नेपाली नागरिकको बायोडाटा लिने गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

विगतमा जुनसुकै बाटो प्रयोग गरी जंगलको बाटो जाँदा अप्रिय घटना घट्न थालेपछि यहाँ एउटै नाका प्रयोग गर्न लगाइएको सशस्त्र प्रहरी उपरिक्षक जहरसिंह बुढामगरले बताए । यस बाटो हुँदै बिहानैदेखि सयौं मानिस किनमेल गर्न जाँदा उनीहरुको सुरक्षालाई ध्यानमा दिई यो नियम लागू गरिएको सशस्त्र प्रहरी उपरिक्षक बुढामगरले जनाए ।

बीओपी फुटाहाले बिहान ६ देखि बेलुकी ६ बजे सम्ममात्र मानिसलाई भारत प्रवेश गर्न दिने गरेको छ । भारतको सीमावर्ती मुर्तिहामा आउजाउ गर्ने हरेक सवारी साधनको अभिलेख र मानिसको संख्या समेत टिपेर राख्ने गरिएको सशस्ब एसपी बुढामगरले बताए ।

सशस्त्ररले यो नियम बर्दियासँग जोडिएको परम्परागत नाकामा लागू गरेको हो । यसैगरि भारतसँग जोडिएको आठ वटा नाकामा हेल्थ डेक्स स्थापना गरिएको छ । चाडपर्वमात्र होइन यो नियम निरन्तर जारी राख्न सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले बिओपीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  २ : ५४ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ