३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता



कैलाली । कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।

पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताए । “गत वर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ । १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ”, रामसुन्दरले भने, “वर्षभरिको मेहनत बारीमा छ, कसरी दसैँ मनाउनु ? अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ ।”

मंगलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

प्रशासनको सूचनापछि धान काट्न सुरु गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोकेका छन् । “धान काट्न त रोकियो, तर खल्ला खेत हो । वर्षा भएमा जलमग्न हुन्छ”, उनले भने, “पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ । पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ । धान पाकेर झर्लाजस्तो भइसकेको छ ।”

टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काटेकी छैनन् । कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो । “गत वर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ । नकाटौँ पानीले नोक्सान गर्ने डर छ”, उनले भनिन्, “किसानले केही गरे सुख नपाउने भए । मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो ।”

यतिखेर खेतीपाती गर्ने किसान दसैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन् ।

जोशीपुरका शिव चौधरीको घरमा यस वर्ष दसैँमा बङ्गुर काटेर रमाइलो गर्ने योजना थियो । घरमै पालेको बङ्गुर काट्ने, रमाइलो गर्ने योजना बनाएको चौधरीको परिवार यतिखेर वर्षा हुने भनेपछि धान काट्न थालेको छ ।

“धान काटेर खेतमै दाउन थालेका छौँ”, उनले भने, “पाकेको धान नोक्सान भए वर्षभरि के खाउला ?, दसैँ त अर्काे वर्ष मनाए पनि हुन्छ भनेर खेतमा पसेका छौँ ।”

वर्षाका कारण भूक्षयलगायतका विपद्बाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकाले समयमै प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्धार तथा राहतका लागि सचेत र तयारी अवस्थामा रहन भनी गृहमन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट पत्राचार भएको हुँदा सतर्क रहन भन्दै जिल्ला प्रशासन कैलालीले सूचना जारी गरेको छ ।

गत वर्ष समयमै सूचना नपाएर नोक्सानी बेहोरेका किसान यस वर्ष भने सूचना बस्तीस्तरसम्म पुर्‍याउन थालेका छन् ।

कैलालीमा सूचना संयन्त्र निर्माण गरिएको छ । यसका साथै स्थानीय तहमा सञ्चालनमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन् ।

यसरी समयमै सूचना गर्दा विपद्बाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउनुहुन्छ । “पछिल्लो समय सूचना सुनेर, हेरेर काम गर्ने बानी विकास हुँदैछ”, उनले भनिन्, “यसले विपद्को पूर्वतयारी र हुने क्षति कम गर्न सहयोग पुग्छ ।”

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ११ : ३० बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा