५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

भैरहवाबाट काठमाडौँका लागि उडेको विमान जनकपुरमा अवतरण



बुटवल । भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान ३ घण्टा पछि मात्र काठमाडौमा अवतरण गरेको छ । मौसमको खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो । खराब मौसमका कारण काठमाडों विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण जनकपुरमा अवतरण गराइएको बताइएको छ ।

बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । सो विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।

बुद्ध एअरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १० : ३७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन