२१ मंसिर २०८२, आइतबार | December 8, 2025

बलात्कार आरोपी प्रहरी निरीक्षक सालोलाई छुटाउन कांग्रेस नेता भरतकुमार शाहको दवाव



बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सुरु भएको पाइएको छ ।

सत्ता र सक्तिको आडमा गतवर्ष मंसिर ४ गते खानिखोला पुगेका प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई छुटाउन सार्वजनिक लेखा समितिका पुर्व सभापति भरतकुमार शाह सहित नेपाली कांग्रेसका नेताहरुले प्रहरी प्रधान कार्यालय मार्फत दवाव दिन थालेका प्रहरी स्रोतले दाबी गरेको छ । कांग्रेस नेता शाह रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७४ सालको निर्वाचनमा विजयी सांसद हुन् । उनी अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै छन् ।

धादिङका एक प्रहरी अधिकृतका अनुसार ढुंगानालाई मिलाएर मुद्दा चलाउन र सहज बनाउन दवाव दिदै शाहलगायत बालुवाटारबाट समेत पटक पटक फोन आउने गरेको छ । धादिङका प्रहरी उपरिक्षक राकेश सिंहले फोनबाट आउने दवावका कारण काम गर्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेको प्रहरी अधिकृतहरु बताउँछन् ।

ढुंगाना सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहकी श्रीमती कांग्रेस रुपन्देहीकी उपसभापति अनिता ढुंगाना शाहका सहोदर भाई हुन् । भरतकुमार शाह प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका अति निकटस्थ हु्न् ।

यतिमात्रै होईन लम्जुङको सुन्दरबजार नगरपालिका घर भई काठमाडौ बसोबास गर्दै आएका ढुंगाना कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका नजिकका आफन्त समेत भएकोले प्रहरीमा पटक पटक आकर्षक पोष्टिङ पाउँदै आएको प्रहरीभित्र ब्यापक चर्चा हुने गरेको छ । उनलाई सहज हुने वातावरण बनाउन पौडेलसमेत सक्रिय रहेको पाइएको छ ।

धादिङका एक प्रहरी अधिकारीका अनुसार यसअघि पनि एकजना महिला प्रहरी अधिकृतमाथि जवर्जस्ती करणी प्रयत्न गरेको मौखिक उजुरी थियो तर ढुंगानाले बालुवाटारको शक्ति प्रयोग गरेर ती अधिकृतलाई सरुवा मात्रै गराएनन् यो बिषय उठाए जुनसकुै बेला जे पनि हुन सक्ने भन्दै धम्की दिएका थिए ।

“ढुंगाना सरको खानिखोलामै यसपटक तेश्रो पटक हो, उहाँलाई मापसे गरेपछि नियन्त्रण गर्न गाह्रो हुँदो रहेछ”–ती प्रहरी अधिकृतले भने । राति एक बजे घटना घटाएर बिहान काठमाडौ पुगेका ढुंगानालाई गएको शनिवार साँझबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धादिङले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ८ : १७ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब