४ पुस २०८२, शुक्रबार | December 19, 2025

आज टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी



काठमाडौं । लगातारको झरीले जनजीवन प्रभावित बनेपनि बडादशैँको टीका थाप्ने क्रम जारी छ ।

आज आश्विन शुक्ल पक्षको द्वादशी मान्यजनबाट टीका ग्रहण गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ ।

ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ । नेपालको पश्चिमी भेगका केही स्थानमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ ।

यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् । निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा जानेहरु समस्यामा परेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको