२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

एक थान चुनावी सिटका लागि जनताको बलिदानलाई लात हानेर दलबदल : बाबुराम भट्टराई



काठमाडौं । शुरुदेखिनै एमाले विरुद्धको गठबन्धनमा सक्रिय सहभागीता जनाएको जनता समाजवादी पार्टी (जसपा) केही संख्या सिट थप्नका लागि एकालेसँग गठबन्धन बनाउन पुगेपछि सोही पार्टीका पूर्व नेता डा. बाबुराम भट्टराईले खरो टिप्पणी गरेका छन् ।

मध्यरातमा प्रतिगमन विरुद्धको गठबन्धन भनिएको सत्ता गठबन्धन छाडेर संबिधान बिरोधी र प्रतिगमनकारी भनिएको एमालेसँग गठजोड गर्न पुगेपछि जसपाका संघीय परिषदका पूर्व संयोजक डा. भट्टराईले एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल गरेको टिप्पणी गरेका छन् । गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि भट्टराईबाट यस्तो टिप्पणी आएको हो ।

जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा हाल नेपाल समाजवादी पार्टी गठन गरेर अगाडि बढेका भछ्टराईले सामाजिक सञ्जालमा लेखेका छन् -‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो १ यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १३ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार