२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

विनयी त्रिवेणीमा ७० घर डुबानमा, दुई सय हेक्टर धान बाली नष्ट



कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् ।

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिए । अहिले पनि डुबान क्षेत्रका मानिसहरु आफ्नै घरमा रहेका र उनीहरुलाई उद्धार गर्न नसकिएको अध्यक्ष गिरीले बताए । “पशुचौपाया र घरका सामानसहित बगुवनका स्थानीय डुबान क्षेत्रको उच्च भागमा बसेका छन्, उद्धारका लागि पुग्न सक्ने स्थिति छैन,” उनले भने । मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनि आउने गरेको जनाइएको छ । “मानिसहरु बाढीकै बीचमा छन्, जान सकिएको छैन, बाढी कति बेला घट्छ भन्ने छौँ”, अध्यक्ष गिरीले भने ।

लगातार आएको बाढीले सोही क्षेत्रमा काट्ने बेलाको दुइ सय हेक्टर धान बालीसमेत पूर्ण रुपमा क्षति भएको जनाइएको छ । उनका अनुसार दुई सय हेक्टरको पाकेको धान पूर्ण रुपमा नष्ट भएको छ ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । विहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको उनले बताए ।

नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका-२ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरहरु डुबानमा परेका छन् ।

डुबानमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : १२ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार