२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न १८ बुँदे स्वघोषणा गर्नुपर्ने (विवरणसहित)



काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्न २ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्दा पुरा गर्नु पर्ने प्रतिबद्धताहरुको लिष्ट सार्वजनिक गरेको छ । आइतबार हुने मनोनयन दर्ताका क्रममा उम्मेदवारहरुले १८ वटा प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकामा मनोनयनको दरखास्तसँगै स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख गरिएको छ । १८ विषयवस्तु समावेश स्वघोषणा पत्रमा उम्मेदवारहरुले हस्ताक्षर गर्न अनिवार्य रहेको आयोगको निर्देशिकामा उल्लेख छ।

उम्मेदवारले मनोनयन पत्रका साथमा पेश गर्नु पर्ने स्वद्दोषणामा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता, उम्मेदवार आफू ‘पच्चिस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको प्रमाण, मतदाता नामावलीमा उम्मेदवारको नाम समावेश भएको विवरण सहित उम्मेदवार हुने व्यक्ति कुनै संघीय कानूनले अयोग्य नभएको सुनिश्चितता पनि पेश गर्न भनेको छ । तीनवटै तहको सरकार र उनीहरुको स्वामित्व वा नियन्त्रणमा रहेका निकायबाट पारिश्रमिक पाउने गरी पदमा बहाल नभएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको विवरण पनि स्वघोषणामा उल्लेख गर्नु पर्ने आयोगले जनाएको छ ।

आयोगले मनोनयन पत्र दर्ता गर्ने व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन आयोग ऐन अनुसार योग्य भएको हुनुपर्ने औंल्याएको छ । अनि, उम्मेदवारले आफू प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको बन्दसूचीमा नरहेको पनि स्वघोषणा गर्नुपर्नेछ ।

आयोगले उम्मेदवारहरुलाई ‘कुनै पनि सरकारी निकायलाई जिन्सी वा नगद बुझाउन बाँकी नरहेको’ पनि घोषणा गर्न लगाएको छ । सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको हुनुपर्ने पनि उल्लेख गरिएको छ ।

यस्तो छ हस्ताक्षर गर्नुपर्ने स्वघोषणा निर्देशिका  :

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ३ : ०७ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार