नेपालगन्ज । अविरल वर्षाका कारण लुम्बिनी प्रदेश अन्तर्गतको पूर्वपश्चिम राजमार्ग पहरो खसेर अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गको दांगको गढवा तथा लमहीमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।
प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लमही नजिकैको स्याउलीखोला बढेर १ घण्टा देखि राजमार्ग अवरुद्ध भएको छ भने धानखोला नजिकै रहेको गढवा गाँउपालिका १ राप्ती क्रसरमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । दुबै स्थानमा स्काभेटर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डीएसपी मोहन खाँणले जानकारी दिएका छन् ।
उता रोल्पा भालुवांग खण्डको सिमलटारीमा पहिररो खस्दा रोल्पा सडकपनि अवरुद्ध भएको छ । पानी पर्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न कठिन भएको ट्राफिक प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया