३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

एक सय असी घरधुरीमा खानेपानी समस्या



तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ ।

व्यास नगरपालिका-७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो ।

बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको उक्त समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीयबासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए ।

त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका-१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी बितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

उक्त समितिले व्यास नगरपालिका-१ का दुई हजार छ सय घरधुरीमा पानी बितरण गर्दै आएको थियो। लामो दूरीबाट ल्याइएको खानेपानीको पाइप हालैको अविरल बर्षाका कारण पाइपमा क्षति पु¥याएकाले मर्मत गरी चाँडो पानी सञ्चालन गर्ने योजना रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ५२ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क