२९ पुस २०८२, मंगलबार | January 13, 2026

आज कोजाग्रत पुर्णिमा, बडादशैँको समापन गरिँदै



काठमाडौं । आज आइतबार आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । आइतबारबाट यस वर्षको बडादशैँ समापन हुँदैछ ।

घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर बडादशैँ समापन गरिने प्रचलन छ । कोजाग्रत पुर्णिमाको दिन रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भइ धनधान्यले पूर्ण बनाउँछिन् भनेर राती जाग्राम बस्ने चलन पनि छ । यसो भएकाले यो दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।

यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आइतबारका दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आकाशदीप दान पनि सुरू गरिन्छ । आकाशदीप दानका लागि पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याईन्छ र आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बालिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजा पनि पूर्णिमाको दिनदेखि अर्थात आइतबारैबाट सुरू हुन्छ ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : १० बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत