४ पुस २०८२, शुक्रबार | December 20, 2025

मनोनयन दर्ता गर्नुअघि विष्णु पौडेलले भने – जनतासँग गरेका वाचा पुरा गर्न पुनः उम्मेदवारी



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलले जनतासँग गरेका वाचा पुरा गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् ।

बुटवलमा आज उम्मेदवारी दर्ता गर्नुअघि संचारकर्मीसँग कुरा गर्दै पौडेलले रुपन्देहीमा राप्रपासँग तालमेल भएको जनाउँदै आफ्नो पार्टीका उम्मेदवार विजयी बन्ने दाबी गरे ।

पौडेलले सधैंझैं रुपन्देहीका क्षेत्र नं. २ का मतदाताले हामीलाई निर्वाचित गर्ने विश्वास व्यक्त गरे ।

पौडेलले भने ‘यहाँ सुरु गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न र थप आयोजना सुरु गर्न विशेष गरी शिक्षा स्वास्थ्य, र रोजगारीको क्षेत्रमा क्रान्तिकारी कदम चाल्नका लागि हामीलाई आफ्नो प्रतिनिधिको रुपमा मतदाताले स्वीकार गर्नुहुनेछ भन्ने विश्वास छ ।’

पौडेलले आफुले जनतासँग गरेका प्रतिवद्धटता कार्यान्वयन गर्दै आएका जिकिर गर्दै यसपटक पनि जनतासँग गरिएका वाचाहरु कार्यान्वयन गर्ने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको