२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

मनोनयन दर्ता गर्नुअघि विष्णु पौडेलले भने – जनतासँग गरेका वाचा पुरा गर्न पुनः उम्मेदवारी



बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार विष्णु पौडेलले जनतासँग गरेका वाचा पुरा गर्न पुनः उम्मेदवारी दिएको बताएका छन् ।

बुटवलमा आज उम्मेदवारी दर्ता गर्नुअघि संचारकर्मीसँग कुरा गर्दै पौडेलले रुपन्देहीमा राप्रपासँग तालमेल भएको जनाउँदै आफ्नो पार्टीका उम्मेदवार विजयी बन्ने दाबी गरे ।

पौडेलले सधैंझैं रुपन्देहीका क्षेत्र नं. २ का मतदाताले हामीलाई निर्वाचित गर्ने विश्वास व्यक्त गरे ।

पौडेलले भने ‘यहाँ सुरु गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न र थप आयोजना सुरु गर्न विशेष गरी शिक्षा स्वास्थ्य, र रोजगारीको क्षेत्रमा क्रान्तिकारी कदम चाल्नका लागि हामीलाई आफ्नो प्रतिनिधिको रुपमा मतदाताले स्वीकार गर्नुहुनेछ भन्ने विश्वास छ ।’

पौडेलले आफुले जनतासँग गरेका प्रतिवद्धटता कार्यान्वयन गर्दै आएका जिकिर गर्दै यसपटक पनि जनतासँग गरिएका वाचाहरु कार्यान्वयन गर्ने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : ५१ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न