६ श्रावण २०८३, बुधबार | July 22, 2026

वर्षा र हिमपातले जोखिम बढ्ने भन्दै पदमार्गबाट फर्किन थाले पर्यटक



लमजुङ । वर्षा र हिमपातपछि अन्नपूर्ण पदमार्गमा पुगेका पर्यटक फर्किन थालेका छन् । वर्षा र हिमपात भइरहेको समयमा पदमार्ग जाँदा जोखिम बढ्न सक्ने भन्दै स्वेच्छाले र केही एक्यापको आग्रहमा फर्किएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार याकखर्क, मनाङ, पिसाङ, चामे लगायतका ठाउँमा रहेकाहरू फर्किएका छन् । एक्यापका अनुसार शुक्रबार २० जनाले जानकारी गराएर जिल्ला छाडेका छन् । शनिबार १५ जना फर्किएका छन् । मौसमले साथ नदिएकाले माथिल्लो क्षेत्र जान जोखिम हुने भन्दै पर्यटकलाई एक्यापले सचेत गराएको छ । कति एक्यापको अनुरोधलाई नमानी आफू खुसी पनि माथिल्लो क्षेत्र पुगेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार पर्यटकीय सिजनको समय पर्यटक आउने र यो समय जोखिम भएकाले सचेत रहन अनुरोध गरिएको छ ।

हिउँ र बर्सातलाई ख्याल गरी मौसम, बाटोको अवस्था पूर्व जानकारी लिएर मात्र सुरक्षित साथ यात्रा गर्न अनुरोध गरिएको छ । वर्षा भइरहेकाले नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपनाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय वा एक्याप, एक्यापको चेकपोस्टमा खबर गर्न भनिएको छ ।

एक्याप मनाङका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार मौसम प्रभावित भएपछि पदमार्ग आएका पर्यटक फर्किएका छन् । शुक्रबार १०० जना जति र शनिबार १५० जना जति फर्किएको बताए । कतिपय ठाउँमा पहिरो गएर बाटो बिग्रेको र कति ठाउँमा जोखिम भएकाले पर्यटक फर्किएका हुन् ।

याकखर्क, मनाङ, पिसाङ, चामे, दानाक्यूबाट पनि पर्यटक फर्किएका छन् । केही पैदल हिँडेर फर्किएका छन् । केही हेलिकप्टरमार्फत फर्किएको बताए । जोखिमको बाबजुद पनि पदमार्गमा पर्यटक आइरहेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग मनाङ हुँदै मुस्ताङ, म्याग्दी भएर पोखरा पुगी टुङ्गिन्छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ४३ बजे

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले