४ पुस २०८२, शुक्रबार | December 20, 2025

गृहमन्त्री खाँणले गरे रुपन्देही ३ बाट मनोनयन दर्ता, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी दिएको दाबी



बुटवल । रुपन्देही–३ बाट बहालवाला गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । सदरमुकाम भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना समर्थकसहित पुगेर खाँणले उम्मेदवारी दर्ता गराएका हुन् ।

खाँणको सम्पर्क कायार्मलय गल्लामण्डीमा भेला भएका गठबन्धनका कार्यकर्ताहरु सहित गृहमन्त्री खाँण उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

०७४ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गृहमन्त्री खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् । गठबबन्धनका तर्फबाट उनले उम्मेदवारी दर्ता गर्ने भएपछि भैरहवाको गल्लामण्डीमा रहेको सम्पर्क कार्यालयमा बिहानै समर्थक भेला भएका थिए ।

सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत सामाजबादी, लोसपा, जनमोर्चा रहेका छन् । यस्तै, क्षेत्र नम्बर ३ (क) बाट लोसपाका सन्तोषकुमार पाण्डेय र (ख)बाट काँग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।

२०७४ मा यो क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा भएको थियो । भुसाल बाम गठबन्धनका साझा उम्मेदवार थिए भने बोहरालाई काँग्रेसको समर्थन थियो । तर, भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए । २०७४ मा बाम गठबन्धनबाट टिकट पाएका भुसाललाई एमालले टिकट नदिएपछि रुपन्देही १ बाट भुसालको स्वतन्त्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी दर्ता पछिप्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले आन्तरिक लोकतन्त्र, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको