२९ पुस २०८२, मंगलबार | January 13, 2026

तनहुँमा ६२ जनाले गराए उम्मेदवारी दर्ता, महिला ४ जना मात्रै



तनहुँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता गराएका हुन् ।

तनहुँमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ-१ मा १६, प्रदेशसभा (क) मा १२ र प्रदेशसभा (खं) मा ७ जनाको उम्मेदवारी परेको हो । यस्तै, तनहुँ-२ मा १०, प्रदेशसभा (क)मा १० र प्रदेशसभा (ख) मा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नं १ मा कांग्रेसका रामचन्द्र पौडेल, एमालेका एकबहादुर राना, राप्रपाबाट विनोद घर्तीलगायतले उम्मेदवारी दर्ता गराउँदा तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी, एमालेका किरण गुरुङलगायतले उम्मेदवारी दर्ता गराए ।

तनहुँमा ६२ जनाले उम्मेदवारी दर्ता गराउँदा महिला भने ४ जना मात्रै छन् । त्यसमध्ये प्रतिनिधिसभामा दुई र प्रदेशसभामा दुई महिलाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नं १, क्षेत्र नं २ को प्रतिनिधिसभामा महिलाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेश (ख) र क्षेत्र नं. २ को प्रदेश (ख) मा महिलाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २० बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत