१२ असार २०८३, शुक्रबार | June 26, 2026

गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान काँग्रेस वरिष्ठ नेता पौडेलको आग्रह



दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् ।

नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताए ।

तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे। “गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्”, पौडेलले भने।

वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकाछन् । त्यस्तै प्रदेश (क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन् । तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)को पनि उम्मेदवारी परेको छ ।

यसैगरी निर्वाचनको तयारीस्वरुप तनहुँ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धनलाई बलियो बनाएर जनतामाझ जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए

बैठकमा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर भण्डारी, प्रदेश (क) का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, प्रदेश (ख)का उम्मेदवार जीतप्रकाश आले, नेपाली कांग्रेस केन्द्रीय सदस्य धु्रव वाग्ले, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य आशा कोइरालालगायत नेताको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : २२ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका