९ भदौ २०८३, मंगलबार | August 25, 2026

मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला



रोम । इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ ।

इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले दुधको नमूनाको अध्ययनपछि वैज्ञानिकहरूले तीमध्ये तीन चौथाइमा प्लास्टिकका साना कणहरू पत्ता लगाएको द गार्डियनले जनाएको छ ।

अनुसन्धानकर्ताहरूको टोलीले शिशुहरू रासायनिक प्रदूषणबाट कमजोर रहेको र थप अनुसन्धान तुरुन्तै आवश्यक भएको उल्लेख गरे ।

तर, उनीहरूले प्रदूषित माइक्रोप्लास्टिकको उपस्थितिले हुने हानीभन्दा स्तनपानको फाइदाहरू धेरै हुने विषयमा जोड दिए ।

माइक्रोप्लास्टिक भनेको ५ मिलिमिटरभन्दा कम लम्बाइको कुनै पनि प्रकारको प्लास्टिकको टुक्रा हो । अघिल्लो अनुसन्धानले मानव कोशिका रेखाहरू, प्रयोगशाला जनावरहरू र समुद्री वन्यजन्तुहरूमा माइक्रोप्लास्टिकको विषाक्त प्रभाव देखाएको थियो ।

अब, पछिल्लो अध्ययनसँगै वैज्ञानिकहरूले माइक्रोप्लास्टिकका कारण उत्पन्न हुने जोखिमहरू प्रकाश पारेका छन् ।

गार्जियनका अनुसारका आफ्नो अध्ययनमा वैज्ञानिकहरूले प्लास्टिक प्याकेजिङ र समुद्री खानामा आमाको खाना र पेय पदार्थको खपत भएको पाएका थिए ।

एजेन्सी

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : २४ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै