७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्व सभामुख महरा अव पार्टी काम र समाजसेवामा लाग्ने, दाङमा रेखा शर्मालाई मागे मत



काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले अब आफू पार्टीको काम र समाजसेवामा लाग्ने बताएका छन् । महराले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासका लागि आफु राजकीय भूमिकामा रहँदा नजिक रहेक काम गरेको उल्लेख गरेका छन् । उनले आफु संसदीय भूमिका नरहँदा पनि दाङ, रोल्पा लगायत समग्र देशको समृद्धि विकासमा कुनै कमी हुन नदिने व्यक्त गरेका छन् ।

उनले विज्ञप्तिमा अघिल्लो पटक आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ मा यसपटक माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्मालाई जिताउन आह्वानसमेत गरेका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रको स्थायी समिति सदस्य रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल चुनावी भिडन्तमा छन् ।

महराले समाजसेवा र पार्टीको काममा आफ्नो सक्रियता झनै बढ्ने उल्लेख गर्दै संसदीय राजनीति र चुनावी मोर्चाको भूमिकामा युवा तथा नयाँ ऊर्जाशील कार्यकर्ताहरु आउने विश्वास पनि व्यक्त गरेका छन् ।

उनले २०७४ सालमा आफु निर्वाचित भएको प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं. २ मा स्थायी समिति सदस्य रेखा शर्मासहित देशभर प्रतिनिधि सभा र प्रदेश सभामा अग्रगामी गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन समेत आग्रह गरेका छन् ।

यसअघि दाङ २ बाट महरा प्रत्यक्षतर्फ सिफारिस भए पनि माओवादीले उनलाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर महराले आफू समानुपातिक उम्मेदवार पनि नबन्ने भन्दै आफ्नो नाम फिर्ता लिएका थिए ।

महरा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट र शान्ति प्रक्रियापछि २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद २०६४ र २०७० को संविधानसभा सदस्य एवम् २०७४ मा चुनिएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई