७ आश्विन २०८३, बुधबार | September 23, 2026

भोलि दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निस्काशन



काठमाडौं । सत्तारुढ गठबन्धनले आधिकारिक उम्मेदवार विरुद्ध दिएका उम्मेदवारी भोलि दिउँसो १ बजेभित्र फिर्ता लिन निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै शीर्ष नेताहरुले बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनमा सहमति भए अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार विरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुले समयभित्रै आआफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।’

उम्मेदवारी फिर्ता नलिनेलाई आआफ्नो पार्टीबाट निस्काशन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । ‘निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।’

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : २२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज