२० माघ २०८२, मंगलबार | February 3, 2026

बर्दियामा शेखर समुहको उम्मेदवारी खारेज गराउने प्रयास असफल, गौतमले पाए मान्यता



नेपालगन्ज । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा शेखर कोईराला समुहको उम्मेदवारी खारेज गराएर प्रधानमन्त्री देउवा समुहको उम्मेदवारी कायम गराउने प्रयास असफल भएको छ । मुख्य निर्माचन अधिकृतको कार्यालयले शेखर समुहका संजय गौतमको उम्मेदवारीलाई मान्यता दिएसँगै देउवा समुहको प्रयास असफल भएको हो ।

नेपाली कांग्रेसका नेता एवं २०७४ को निर्वाचनमा विजयी सांसद संजय गौतमले नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदसय पदका लागि उम्मेदवारी दिएकोमा सोही पदका लागि कांग्रेसकै तर्फबाट अरुणसिंह राठोरले पनि उम्मेदवारी दिएका थिए । निर्वाचन कार्यालयले रोठोरको दाबी नपुगेको भन्दै उम्मेदवारी खारेज गरिदिएको छ ।

राठोरको दाबी नपुगेको भन्दै गौतमको उम्मेदवारीलाई मान्यता दिने निर्णय गरिएको जिल्ला निर्वाचन अधिकृत नगेन्द्र लम्सालले बताए । राठोर देउवा प्यानलबाट उम्मेदवार बन्न खोजेका थिए ।

गौतमले २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका बामदेव गौतमलाई पराजित गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ०१ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि