२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, चुनाव चिह्न पनि आजै दिइने



काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउनेछन् ।

आयोगले आजै उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दै छ । उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।

अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उमेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यसपटक निर्वाचनका लागि प्रतिनिधिसभातर्फ २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिलासहित २ हजार ५ सय २६ जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभातर्फ ३ हजार १ सय ७८ पुरुष, २ सय ९७ महिला र एक अन्य गरी ३ हजार ४ सय ७६ जनाको उम्मेदवारी परेको छ।

मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ०८ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक