२९ पुस २०८२, मंगलबार | January 14, 2026

विपन्नको उपचारका लागि प्रवासीको रु ४० लाख



म्याग्दी । हङ्कङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन रु ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० हङ्कङको २० औँ साधारणसभाका अवसरमा सङ्कलन भएको रु ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो ।

मोना हङ्कङका अध्यक्ष कर्ण पुनले मङ्गलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे । हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरुप करिब रु तीन करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताए । कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग पु¥याउँदै आएको बताए । हालसम्म दुई सय ६५ जनाको उपचारमा सघाएको पुनले बताए ।

हाइपोलास्टिक एनीमिया रोगबाट पीडित ओमकुमारी पुनको उपचारका क्रममा निधन भएपछि उनको उपचार अभियानमा सङ्कलन भएर बचत भएको रु १३ लाख रकमबाट उनकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो । रु तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु एक करोड ४३ लाख सङ्कलन भएको कोषले जनाएको छ । कोषमा हालसम्म आर्थिक सहयोग गरी आठ सय ३० जनाले आजीवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र नौ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।

मोना हङ्कङले सङ्कलन गरेको उक्त रकम जुटाउन हङ्कङमा रहेका १५ म्याग्देलीले प्रतिव्यक्ति रु दुई लाख सहयोग गरेका थिए । उक्त अवसरमा अक्षयकोषमा रु दुई लाख सहयोग गरी व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ३७ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत