१८ माघ २०८२, आइतबार | February 2, 2026

चिनियाँ राजदूत यान्छीले गृहमन्त्री खाँणसँग गरिन् बिदाइ भेट



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग बिदाइ भेट गरेकी छन् । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा उनले गृहमन्त्रीसँग शिष्टाचार भेट गरेकी हुन् । भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको थियो ।

गृहमन्त्री खाँणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए। ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाँणले भने , ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’

उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताउदै राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगायत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए ।

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथै शुभकामना व्यक्त गरिरहेको बताइन् । पर्यटन विकासका लागि नेपाल भ्रमणमा आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिक, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सद्भावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीको भनाइ थियो ।

राजदूत यान्छीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट दिएकी छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : १२ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन