४ आश्विन २०८३, आइतबार | September 20, 2026

बुटवलमा रहेको हब एजुकेशनले शनिबार रक्तदान गर्ने आइतबार ‘एजुकेशन फेयर’



बुटवल । डेंगु संक्रमणको महामारीपछि सिर्जना भएको रतगत अभागवलाई कम गर्ने उद्देश्यसहित बुटवलको हब इन्टरनेशनल एजुकेशनले शनिबार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । सन् २००६ मा स्थापना भई काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले सामाजिक उत्तरदायित्व अन्तरगत बुटवलका दुई सामाजिक संस्थासँगको सहकार्यमा रक्तदान गर्ने भएको हो ।

एजुकेशनका बुटवल शाखा प्रमुख अशोक पराजुलीका अनुसार बुटवलको गोर्खाली युवा सशक्तिकरण अभियान र नियमित रक्तदाता संघको सहयोगमा बुटवलमा रक्तदान गरिने भएको हो । रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित रक्तदान कार्यक्रमको आयोजना गरेको हब एजुकेशनले आइतबार असोज ३० गते एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । विदेश पढ्न जान चाहने विद्यार्थीहरुका लागि सचेतनामूलक कार्यक्रममा विभिन्न ७ देशका विश्वविद्यालयहरुका प्रतिनिधिहरुसमेत सहागी हुने छन् । करिब ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा हब एजुकेशन केन्द्रीय कार्यालय काठमाण्डौंबाट आएका एक्जुकेटिभ चेयरमेन उद्दवबहादुर खड्काले समेत सहजिकरण गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय विद्यार्थीहरुले लहै-लहैमा लागेर तथा पूर्ण जानकारी नै नलिएर विदेश जाने प्रतिवृत्तिका कारण धेरैले दुःख पाउनु पर्ने बाध्यता रहेको हब एजुकेश बुटवलका प्रमुख पराजुलीले बताए । ‘विद्यार्थीहरुले विदेश गएपछि सबै प्राप्त हुन्छ भनेर भ्रममा लाखौं खर्च गरी विदेश गएपछि उनीहरुको हातमा न त एजुकेशन सर्टिफिकेट हुन्छ, न त स्किल अन्तिममा दुःख पाएर उतै पलायन हुने अवस्था आउछ ।’–पराजुलीले भने, ‘पछिल्लो समय वैदेशिक यात्रामा धेरै विद्यार्थीहरुले दुःख पाएका समाचारहरु पनि आउने गरेका छन् यी समस्या आउनुका कारणहरु बारे विद्यार्थी पहिले नै सचेत हुन आवश्यक छ ।’ आइतबार सञ्चालन गरिने एजुकेशन फेयरमा यिनै जानकारी बारे बताइने उल्लेख गर्दै उनले कार्यक्रममा सहभागी हुने पहिलो क्रमका १११ जना विद्यार्थीलाई निःशुल्क आएल्स अध्ययनको अवसर प्रदान गरिने उनले बताए ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ०१ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा