१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

लुम्बिनीले निशुल्क विजुली बस तिहार र छठसम्मै चलाउने



बुटवल । लुम्बिनी विकास कोषले सञ्चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ । लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले निशुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो ।

दशैंको अवधीमा निशुल्क विजुली बसप्रती आर्कषण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जानकारी दिए । दशैंको अवसर पारेर असोज १३ गतेबाट निशुल्क रुपमा बौद्ध परिपथ क्षेत्रमा निशुल्क बिजुली बस सञ्चालन गरिएको थियो । बुधबार९मंगलबार० सम्म ९ हजार ७ सय १२ जनाले लुम्बिनीको धम्म यात्रामा सहभागि भई लुम्बिनी भ्रमण गरेको कोषका बोर्ड सदस्य तथा परिक्षण इकाई संयोजक बिश्वराज पौडेलले जानकारी दिए ।

लुम्बिनीबाट रामग्राम सम्मको रुटबाट १५ दिनमा २८ ट्रिप यात्रा मा १३९० जना, लुम्बिनी बुटवल रुटमा १० दिनमा ३८ ट्रिप यात्रामा ११२२ जना, लुम्बिनी देवदह रुटबाट १५ दिनमा २९ ट्रिप यात्रामा १३४० जना, लुम्बिनी बेलहिया रुटबाट ८८ ट्रिप यात्रामा ३४७९ जना, लुम्बिनी तिलौराकोट रुटबाट ५५ ट्रिप यात्रामा १३४८ जना, लुम्बिनी रामापुर कलोनी रुटबाट ५ दिनमा २४ ट्रिप यात्रामा १०३३ जनाले लुम्बिनी भ्रमण गरेका छन ।

उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रसासन कार्यलयको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरीबलबाट चालक र सहयोगी सहितको सहयोग कायम रहेको छ ।
पन्ध्रदिनको अवधिमा बिद्युतिय बस सञ्चालनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पु¥याउने पर्यटन व्यवसायी, नेपाली सेना प्रहरी तथा सरोकारवालाहरुप्रति कोषका कोषाध्यक्ष भटराईले आभार व्यक्त गरेका छन ।

लुम्बिनी विकास कोषले ५ वटा बस लुम्बिनी तिलौराकोट, लुम्बिनी देवदह, लुम्बिनी रामग्राम, लुम्बिनी बुटवल र लुम्बिनी सैनामैना क्षेत्रमा नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ३९ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन