७ आश्विन २०८३, बुधबार | September 23, 2026

मधेस प्रदेशका तीन कांग्रेस मन्त्री पदमुक्त



काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री पदमुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री थिए । मुख्यमन्त्री राउतले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैंले राखेका छन् ।

केन्द्र सरकारले बिहीबार जसपाबाट मन्त्री बनेका चारजनालाई पदमुक्त गरेको रिसमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरेर बदला लिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई