३ चैत्र २०८२, मंगलबार | March 17, 2026

हामी मतदातालाई सपना होइन विकासका योजना बाँड्छौं : इश्तियाक राई



नेपालगन्ज। जनता समाजवादी पार्टीका नेता एंव बाँके क्षेत्र नं ३का उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘सपना बाँड्नेहरू’ र ‘विकास ल्याउने’ उम्मेदवारहरू पहिचान गरेर मतदान गर्न आह्वान गरेका छन्। नेपालगन्जमा चुनाव प्रचार प्रसारका लागि खोलिएको सम्पर्क कार्यालयको उदघाटन गर्दै नेता राईले बाँकेको निर्वाचनमा यसपालि जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र विकास ल्याउनेहरू बीच प्रतिष्पर्धा रहेको बताए ।

निर्वतमान भौतिक योजना तथा यातायात मन्त्री रहेका उनले बाँकेको समग्र विकासका र त्यसको निरन्तरताका लागि फेरि एकपटक जसपाका उम्मेदवारहरूलाई मौका दिन पनि मतदाताहरूलाई आग्रह गरे।

‘फेरि पनि जनतालाई झुक्याउनका लागि सपना बाँड्ने बेला आएको छ। धर्म र जातजाति अनि सम्रदायको नाममा समाजमा विभाजन ल्याउन खोज्नेहरू धर्मको राजनीति गरिरहेका छन्’ उनले भने ‘तर हामी कसैलाई सपना र आश्वासन होइन, हामी काम गरेर देखाउँछौं। सपना होइन, विकासको लहर देखाउँछौं।’

उम्मेदवार राईले आफ्नो क्षेत्रको विकासमा लागिपर्ने, समाज र समुदायका लागि सधैं साथमा रहने उम्मेदवार छान्न पनि आग्रह गरे। ‘हामीले पहिलादेखि नै भन्दै आएका छौं कि अब धर्म र सम्प्रदायको नाममा होइन विकासको नाममा राजनीति गरौं’ उनले भने ‘समाजमा विभाजन ल्याउन र विखण्डन होइन, विकासका योजना ल्याउन र जनताका लागि काम गर्न प्रतिस्पर्धा गरौं।’

आफू पटक पटक सांसद र मन्त्री हुँदा बाँकेको मुहारै फेरिनेगरी विकासका योजनाहरू ल्याएको र अझै कतिपय योजनाहरू पूरा गर्न बाँकी रहेको दाबी गदैै उनले एकपटक फेरि आफू र आफ्नो समूहलाई मौका दिन पनि आम मतदातासँग अपिल गरे।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : ५१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड