१ असार २०८३, सोमबार | June 15, 2026

सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने



काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । आइतबार बिहान किस्ट अस्पताल ललितपुरमा उपचारको क्रममा जोशीको निधन भएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको हो ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किस्ट मेडिकल कलेजमै राखिने डाक्टर किशोर सिंह बस्नेतले बताए । जोशीको परिवार, किस्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अध्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ । जोशीले यसअघि नै आफ्नो शरीर जनलाई अध्ययनका लागि राख्न भनेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताएकी छन् । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् । ‘वाङ्मयम शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो । अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीलाई नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ बताएका छन् । उनले भनेका छन्, ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन् । ‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु,’ ओलीले लेखेका छन्, ‘उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ। अलविदा शताब्दी पुरुष ! हार्दिक श्रद्धासुमन! परिवारजनमा गहिरो समवेदना ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा श्रद्धाञ्जली दिँदै उनको योगदान सम्पूर्ण नेपालीका लागि चिर स्मरणीय हुने उल्लेख गरेका छन् । प्रचण्डले भनेका छन्, ‘नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आज बिहान १०३ वर्षको उमेरमा दुःखद निधन भएको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । उहाँको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’

ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान सात बजे निधन भएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : १७ बजे

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले