११ कार्तिक २०८३, बुधबार | October 28, 2026

देशैभरका प्याराग्लाइडिङ उडान बन्द गर्ने प्राधिकरणको निर्णय



काठमाडौं । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ तर्फका खेलाडीको मृत्यु भएपछि देशैभरिका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि देशभरका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

आइतबार बिहान पोखराको सारङकोटमा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट जमिनमा खस्दा एक खेलाडीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : २२ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय