४ श्रावण २०८३, सोमबार | July 20, 2026

फिल्मबाट एक वर्ष ब्रेक लिँदै आलिया



मुम्बई । रणवीर कपूर र आलिया भट्टले चार वर्षको डेटपछि गत अप्रिल २०२२ मा विवाह गरेका थिए । विवाहको दुई महिनापछि नै आलियाले आफू आमा बन्न लागेको जानकारी दिइन् । हालका दिनमा उनी गर्भावस्थाको समय इञ्जोय गरिरहेकी छन् । उनलाई पति रणवीरले साथ दिइरहेका छन् ।

आलिया सन्तान जन्मिएपछि तुरुन्तै काममा फर्किने मुडमा छैनन् । भलै रणवीरले यसअघिको एक अन्तरवार्तामा आलियालाई काममा पठाएर आफूले सन्तान स्याहार्ने बताएका थिए । तर, आलिया भने लामो ब्रेक लिने तयारीमा छिन् ।

आलियाले सन्तान प्राप्तिपछि झण्डै एक वर्ष फिल्मबाट टाढा रहने निर्णय लिएकी छिन् । आलियाले रिलिज हुने तयारीमा रहेकी केही फिल्मको सुटिङ पुरा गरिसकेकी छिन् । उनी फिल्ममा सक्रिय नभए पनि केही विज्ञापनमा भने अभिनय गर्ने छिन् ।

आलिया पछिल्लो पटक फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन् । गत सेप्टेम्बरमा रिलिज यो फिल्मले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । उनी फिल्म ‘रोकी और रानीकी प्रेम कहानी’ र ‘जीले जरा’मा पनि देखिँदैछन् । यसबाहेक उनी हलिउड फिल्म ‘हार्ट अफ स्टोन’मा अभिनय गर्दैछिन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : ३१ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री